The Untouched Ground

'amaltari'

Make Memories With Us

WHY AMALTARI?

Amaltari, located on the edge of Chitwan National Park, is a hidden gem for eco-tourists and nature lovers. Amaltari is a key entry point to Chitwan National Park, located in the northern section of the park. This access point is strategically positioned to facilitate easy entry for visitors looking to explore the park’s wilderness.The entry through Amaltari provides a unique opportunity to explore the less-traveled northern areas of Chitwan, where visitors can experience the park’s tranquil beauty and diverse ecosystems away from the more frequented southern sections.

CHITWAN NATIONAL PARK

Chitwan National Park, nestled in the heart of Nepal, is a UNESCO World Heritage Site renowned for its rich biodiversity and thrilling wildlife experiences. Spanning lush jungles and grasslands, the park is home to majestic Bengal tigers, one-horned rhinoceroses, and over 500 species of birds. Whether you're exploring on a jungle safari, canoeing along the Rapti River, or visiting traditional Tharu villages, Chitwan offers an unforgettable adventure that brings you closer to nature. Perfect for wildlife enthusiasts and eco-travelers, it's a must-visit destination for those seeking both serenity and excitement.


Explore
"The Rhino Hub of Nepal"

Experience

Chitwan National Park:
Nepal's Largest
Tiger Playground!


Nawalpur Tourism Association

Nawalpur Tourism Association is a representative organization in Nepal’s hospitality industry, uniting hotels, resorts, and homestays under a common vision. As a collective, we serve as a foundation for the growth and sustainability of the tourism sector in Nawalpur, with a particular focus on the Amaltari region and the neighboring Chitwan National Park. We are dedicated to promoting and preserving the serene and unspoiled beauty of Amaltari, a destination rich in biodiversity and tranquility. Recognizing its importance as a haven for wildlife, we actively work to create a harmonious environment that supports both the natural habitat and sustainable tourism. Through our efforts, we strive to enhance the region’s appeal while fostering a respectful coexistence between visitors and nature.

Our Blogs

बणकी अतवार ब्रत

10/23/2024

बणकी अतवार ब्रत

थारु समुदायको एउटा प्रमुख चाड मध्ये बणकी अतवार ब्रत पनि एक हो । यसलाई पश्चिमा थारुहरुले अटवारी भनेर मनाउँछन् । नवलपुरको थारु समुदायले कजरी तीज पछिको पहिलो आइतबारलाई बणकी अतवार ब्रत मनाउने गर्दछन्। यो बर्ष भदौ-२३ गते यहाँ बणकी अतवार मनाइँदैछ। बणकी अतवार पर्व खास गरी थारु पुरुषले व्रत बस्ने पर्व हो तर महिलाहरु पनि ब्रत बस्ने गर्दछन् । बिशेषतः बाँझो महिलाहरुको लागि ब्रत फलदायक मानिन्छ भने शरीरमा घाउ, चोटपटक र छालासम्बन्धि रोग नलागोस् भनेर ब्रत लिने गरेको पाइन्छ। बणकी अतवार पर्व परापूर्वकालदेखि थारु समुदायले मनाउँदै आएको भएपनि त्यसमा कुन देवताको पूजा हुन्छ भन्ने बारेको मतमा एकरुपता देखिदैन । कसैले पाण्डवका पाँच भाइमध्येको एक भाई भीमको पूजा हुने विश्वास गर्छन् । कसैले सो पर्वमा अग्नी देवताको पूजा हुने तर्क गर्छन् । त्यसै गरी कसैले सूर्य भगवानको पूजा हुने विश्वास गर्छन्। भीमले थारु चेलीलाई एक राक्षसबाट जोगाएकाले भीमका लागि थारु समुदायले बणकी अतवारमा ब्रत बस्ने गरेको विश्वास एउटा छ । अर्को, अग्नी देवताले थारु समुदायको भात भन्सामा सहयोग गरेको, अन्नपात र कृषि बालीका लागि सहयोग गरेको बुझाई छ । त्यस्तै, अर्कोतिर सूर्य देवताले थारु समुदायका कृषक तथा चेलीबेटीहरुको काममा सहयोग गरेको, सूर्यको प्रकाशले अन्नबाली सप्रेको, दैनिक कामकाजमा सहयोग पुगेको तर्क छ। ब्रतबिधि: बणकी अतवार पर्वका लागि शनिबारको रात कुखुरा न बास्दै मध्येरातमा डटकट खाने गरिन्छ । घरका महिला सदस्यले राती नै भातभन्सा तयार गरी मीठा परिकारले डटकट खाने व्यवस्था गर्छन् । आइतबारका दिन व्रत बस्नुपर्ने भएकाले राती नै व्रतालुहरु पेटभरी मीठा परिकारसहित खाना खान्छन्। आइतबार विहानदेखि बणकी अतवारमा व्रत बसेकाहरुका लागि तेलमा नपकाइएको रोटी, फलफूल, सर्वत (पेय पदार्थ), काठ दाउरा, सल्लाको धुप, आदि तयारी गरिन्छ र बेलुकी पखसम्म सबै परिकार ब्रतालु आफैले तयार गरिसकेपछि नजिकको नदी, तलाउमा गएर स्नान गर्ने गर्छन् । सूर्यास्त नहुदै ब्रतालुले आफू बस्ने ठाउँलाई गाईको गोबर पानीले लिपपोत गरेर चोखो बनाउँछन् र सोही ठाउँमा काठको चिर्पट्, पिर्का राखेर बसेर फरहर गर्छन्। व्रतालुका लागि खाने परिकार र अन्य तयारी गर्ने ब्यक्ति पनि व्रत बसेका हुन्छन् । आसन अगाडि राखिएको खानेकुरालाई एक भाग छुट्याई अग्नी देवताको पूजापाठपछि मात्र व्रतालुले बनेको रोटी, फलफूल, सर्वत खान्छन् । त्यो दिन नून र तेल खान वर्जित गरिएको हुन्छ । पूजापाठ गरी परिकार खाँदा सूर्य अस्ताउनु अघि नै सबै काम सकिसक्नु पर्ने हुन्छ । सूर्यको अस्त पछि गाई गोरु गोठमा प्रवेश भएपछि खानेकुरामा फेरि प्रतिवन्ध लाग्छ । अर्थात् व्रतालुले खान पाउँदैनन्। पश्चिम तराईमा चेलीबेटीलाई अग्रासन दिने चलन भए पनि नवलपुरमा भने त्यो चलनलाई पहुरा सनेस भनिन्छ। बणकी अतवार ब्रत फल: बणकी अतवार पर्व नितान्त थारु समुदायले मनाउने पर्व हो । बिभिन्न कारणले दुःख पाइरहेका ब्यक्तिहरुले यो ब्रत लिए सबै दुःख कष्ट नाश हुने, घाउ चोटपटक र छालासम्बन्धि रोगबाट मुक्त हुने, धन–यश, मनोकांक्षा पुरा हुने, निःसन्तान महिलाले सन्तान प्राप्त गर्ने जनविश्वास रहँदै आएको छ । ...

Read More
४५ औँ विश्व पर्यटन दिवस : अमलटारीमा पर्यटन बस उद्धघाटन

10/1/2024

४५ औँ विश्व पर्यटन दिवस : अमलटारीमा पर्यटन बस उद्धघाटन

नवलपुर । ४५ औँ विश्व पर्यटन दिवस ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । दिवसको अवसरमा नवलपुरको अमलटारीमा पर्यटन बसको उद्धघाटन गरिएको छ । नवलपुर पर्यटन समितिले पर्यटक लक्षित गरि अमलटारी देखि काठमाण्डौंसम्मका लागि दैनिक दुईवटा बस संचालन गर्ने गरि उक्त बसको आज उद्धघाटन गरिएको छ । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले उक्त बसको आज उद्धघाटन गर्नुभएको हो ।
दैनिक बिहान अमलटारीबाट एउटा बस र काठमाण्डौंबाट अर्को बस छुट्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । अमलटारी सहित नवलपुरका क्षेत्रमा आउन चाहने पर्यटकको सुविधिका लागि बस संचालन गरिएको उहाँले बताउनुभयो । बिहान अमलटारीबाट आठ बजे र काठमाण्डौंबाट समेत बिहान आठ बजे बस छुट्ने छ । बसको टिकटका लागि ९८६४५२६०९० मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो ।
अमलटारीबाट संचालनमा आएको बसको टिकट नवलपुर पर्यटन समितिको कावासोती–१५, मा रहेको कार्यालयबाट काटिने समितिका सल्लाहकार धनिराम गुरौले बताउनुभयो ।
पर्यटन बस उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं कावासोती नगरपालिका नगर प्रमुख विष्णु प्रसाद भुसालले नवलपुरमा आएका पर्यटकको बसाई लम्बाउने गरि एकिकृत रुपमा योजना तयार पार्नुपर्ने बताउनुभयो । उहाँले नवलपुरमा रहेका पर्यटकिय क्षेत्रहरुलाई जोडेर पर्यटक सर्किट निर्माण गर्न सके यहाँको पर्यटनको थप विकास हुने बताउनुभयो । जिल्लाको त्रिवेणी, अमलटारी, हुँदै देवचुली पहाड लगायतका पर्यटकीय क्षेत्रलाई जोड्ने गरि कार्यहरु गर्नुपर्ने बताउनुभयो ।
कालिगण्डकी सभ्यातासँग जोडेर नदि तटिय क्षेत्रका स्थल, मध्यवर्ती क्षेत्र र यहाँका वन्यजन्तु पर्यटनका प्रचुर सम्भावना भएको क्षेत्र रहेको उहाँको भनाई थियो । आदिवासी थारु समुदायको सस्कृति र सभ्यता समेत यहाँको पर्यटन विकासका आधार भएको भन्दै सबैले हातेमालो गर्दै जिल्लाको पर्यटन क्षेत्रको थप विकासमा जुट्नुपर्ने उहाँले बताउनुभयो ।कावासोतीको अमलटारीबाट पर्यटन बस संचालनमा आएकोमा उहाँले सफलताको शुभकामना दिनुभयो । 
कार्यक्रममा बोल्दै पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख टेक बहादुर मौनीले पर्यटन क्षेत्र हिजो आज घुमफिर मात्रमा सिमित नभएर अन्य धेरै विषयसँग जोडिदैँ गएको बताउनुभयो । यस वर्षको नारा ‘पर्यटन र शान्ती’ ले समेत यसलाई थप जोड दिएको बताउनुभयो । उहाँले पर्यटन दिवस मनाइरहँदा यसको महत्व र क्षेत्र थप विस्तार हुँदै गएको बताउनुभयो । नेपाल आफैमा पर्यटकीय गन्तव्यका रुपमा चिनिदै गएपनी पर्यटन पूर्वाधारको विकास भने त्यती हुन नसकेको बताउनुभयो । नवलपुरको हकमा यहाँका पर्यटकी क्षेत्रको क्रमश विकास हुँदै गएको उहाँको भनाई थियो ।
घरबास एसोशियसन नेपालका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनिया थारुले नवलपुरलाई अमलटारीले चिनाउने गरेकोमा यहाँ पर्यटन बस संचालनमा ल्याउनु महत्वपूर्ण सुरुवात भएको बताउनुभयो । अमलटारी सहित जिल्लामा पर्यटकीय गतिविधि बढ्दै गएको भन्दै यसको थप विकासमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । वन्यजन्तु र संस्कृति यहाँको प्रमुख पर्यटनको आधारका रुपमा रहेको मर्दनिया थारुले बताउनुभयो ।
कावासोती दशका वडा अध्यक्ष टेक नारायण महतो, पन्ध्रका अध्यक्ष तेजकुमार श्रेष्ठ लगायतले बोल्दै पर्यटनलाई जोड्ने यातायात समेत भएकाले पर्यटन बस संचालन हुनु नयाँ आयाम भएको बताएका थिए । यो क्षेत्रकै लागि महत्वपूर्ण सुरुवात भएको उनिहरुले बताएका थिए ।
नवलपुर पर्यटन समितिको आयोजना तथा कावासोती नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, घरबास एसोशियसन गण्डकी प्रदेशको सहकार्यमा भएको पर्यटन बस उद्धघाटन , वृक्षरोपण , शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता फन्सराम महतोले गर्नुभएको थियो भने कार्यक्रमको संचालन धनिराम गुरौले गर्नुभएको थियो । कार्यक्रममा समितिका सल्लाहकार बुद्धिसेन चौधरीले स्वगत मन्तव्य राख्नुभएको थियो ।...

Read More
अनत ब्रत

9/23/2024

अनत ब्रत

मणिराज महतो, कावासोती अनत ब्रत नवलपुर(पूर्वी नवलपरासी) का थारुहरुले मनाउने अनत पाबन भदौ महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिमा मनाइने ब्रत हो। यो बर्ष असोज १ गते अनत पर्व परेको छ। यस दिन बिशेष गरेर थारूहरूले ब्रत बसेर पिङ(हेणौला) झुल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर ब्रत राख्ने चलन रहेको छ। अनतको ब्रत राख्ने पुरुषहरुले १४ गाँठो भएको अनतको डोरो दाहिने पाखुरामा बाध्ने र ब्रतालु महिलाहरुले बायाँ पाखुरामा बाध्ने चलन रहेको छ। यसरी बाँधेको अनतको डोरो अमोसा(पितृऔंसी) मा बिसर्जन गर्ने चलन रहेको छ। अनतको डोरो बाँधेको ब्यक्ती ले डोरो बाँधेपछि अमोसा(पितृ औंसी) सम्म शाकाहारी जीवन बिताउनु पर्ने चलन रहेको छ। कथा: जब पाण्डवहरुले जुवामा आफ्नो राजकाज हारेर बनवासको कष्टकर जीवन बाँचिरहेका थिए तब भगवान श्रीकृष्ण ले पाण्डवहरुलाई भगवान अनन्तको ब्रत राख्न सल्लाह दिएका थिए र पाण्डवहरु आफ्नो बनवासको समयमा १४ बर्ष सम्म हरेक साल अनत पाबनको दिन भगवान अनन्तको डोरो बाँधेर बिधिवत ब्रत राखेका थिए र यसैको प्रभावले गर्दा पाण्डवहरुले महाभारत को युद्ध मा बिजयी भएका थिए र आफ्नो गुमेको राजकाज फिर्ता पाउन सफल भएका थिए। तत्पश्चात सबैले अनत ब्रत लिन थालिएको पौराणिक कथा र किम्बदन्ती रहेको छ। ब्रत बिधि: अनतको अघिल्लो दिन बिहान स्नान गरी चोखो बस्नुपर्दछ जसलाई लहा खाने भनिन्छ र त्यही राती पिङ बाटेर अनतको दिनको तयारी गरी राती नै भाले बास्नु अगाडी मिठो मिठो परिकारहरुको डटकट खाएर शुरु गरिन्छ। अनतको दिन सफा बस्त्र धारण गरेर पिङ खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर बेलुकीपख स्नान गरी फरहर गर्ने चलन रहेको छ। बेलुकीपख ब्रतालुले स्नान गरेर आइ फरहर गर्ने ठाउँमा गाईको गोबरले लिपपोत गरी त्यसै माथी पिर्का मा बसेर केराको पातमा चिउरा, दुधदही, केरा आदि फलफूल हरु भगवान अनन्तको पूजापाठ गरेर फरहर गर्ने गर्दछन। फरहरमा नुन बर्जित गरेको पाइन्छ। ब्रतफल: यस दिन ब्रत बस्नाले गुमेका धन सम्पत्ति, राजपाट, यश, आराम, आदि प्राप्त हुने, बिष्णुलोक प्राप्त हुने र सधै सत्यको जित हुने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ। गत बर्ष २०८० को अनत पर्वको अवसरमा नवलपुरका स्थानीय पालिकाहरुले सार्वजनिक बिदा दिए पनि यो बर्ष स्थानीय पालिकाहरुले सार्वजनिक बिदा नदिएको मा थारु बिद्यार्थी समाज नवलपुरले आपत्ति जनाउदै २०८१ असोज १ गतेका दिन सार्वजनिक बिदाको माग राखेको छ।...

Read More
Read All Blogs

News & Updates

News Image 1

fdvdfvdvdvdf

News Image 1

Celebrated 45th world tourism day by inaugration of tourist bus service from kawasoti in presence of mayor and important delegacies

News Image 1

completion of khecheri food festdsaival organized at kawasoti-10```

News Image 1

Chitwan National Park give us permit for additional 6 more safari vehicles to operate

News Image 1

tendure published to buy a boat for using it in narayani river

News Image 1

completion of amaltari river beachside cleaning campaign

Read All Notices